Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२०
न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता फैलिएको कोरोनाको संक्रमणबाट मानिसहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । यहाँको स्वास्थ्यमन्त्रालयले जनाएअनुसार अमेरिकाको वासिंटनमा मात्रै कोरोनाको कारण अहिलेसम्म (मार्च २ तारिक स्थानीय समय अनुसार दिउँसो ३ बजेसम्म) मा ६ जनाको मृत्यु भै सकेको छ ।
यसअघि शनिबार साँझसम्म १ जनाले ज्यान गुमाएको भएपनि सोमबारसम्म आइपुग्दा थप ५ जनाले ज्यान गुमाएका छन् । वासिंटनपोष्टका अनुसार स्थानीय किङ काउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एक जना गरी अहिलेसम्म ६ जनाको ज्यान गएको हो । अस्पतालमा उपचारमा रहेका बेला उनीहरुमा यसको संक्रमण फैलिँदै गएपछि ज्यान गएको बताइएको छ । करिब १ सय जना संक्रमितको अस्पतालमा उपचार भै रहेको छ । जसमध्ये ७ जनाको अवस्था जोखिमपूर्ण रहेको बताइएको छ ।
अमेरिकाको वासिंटनबाहेक न्यूर्योकमा पनि यसको संक्रमण देखिएको छ । हालै इरानको भ्रमणबाट फर्किएकी एक महिलामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । यसैबीच कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्न थालेपछि अमेरिकी सरकारले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
यथास्थितिमा कोरोनाको संक्रमण बढ्दै जाने हो भने स्थिती भयाबह हुने भन्दै विशेष सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । चीनबाट फैलिएको कोरोनाको प्रकोप अहिले विश्वका झण्डै ५० मुलुकमा देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)
२०७६ चैत्र २२ गते शनिबार
पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण...
पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत...
गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम...
अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको...
Top