Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२०
न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता फैलिएको कोरोनाको संक्रमणबाट मानिसहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । यहाँको स्वास्थ्यमन्त्रालयले जनाएअनुसार अमेरिकाको वासिंटनमा मात्रै कोरोनाको कारण अहिलेसम्म (मार्च २ तारिक स्थानीय समय अनुसार दिउँसो ३ बजेसम्म) मा ६ जनाको मृत्यु भै सकेको छ ।
यसअघि शनिबार साँझसम्म १ जनाले ज्यान गुमाएको भएपनि सोमबारसम्म आइपुग्दा थप ५ जनाले ज्यान गुमाएका छन् । वासिंटनपोष्टका अनुसार स्थानीय किङ काउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एक जना गरी अहिलेसम्म ६ जनाको ज्यान गएको हो । अस्पतालमा उपचारमा रहेका बेला उनीहरुमा यसको संक्रमण फैलिँदै गएपछि ज्यान गएको बताइएको छ । करिब १ सय जना संक्रमितको अस्पतालमा उपचार भै रहेको छ । जसमध्ये ७ जनाको अवस्था जोखिमपूर्ण रहेको बताइएको छ ।
अमेरिकाको वासिंटनबाहेक न्यूर्योकमा पनि यसको संक्रमण देखिएको छ । हालै इरानको भ्रमणबाट फर्किएकी एक महिलामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । यसैबीच कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्न थालेपछि अमेरिकी सरकारले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
यथास्थितिमा कोरोनाको संक्रमण बढ्दै जाने हो भने स्थिती भयाबह हुने भन्दै विशेष सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । चीनबाट फैलिएको कोरोनाको प्रकोप अहिले विश्वका झण्डै ५० मुलुकमा देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को...
काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान
२०७६ पुष १२ गते शनिबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका...
Top