Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०
कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाउने ६ जना नेपालीमध्ये ४ जनाको सनाखत भएको छ । कुवेतस्थित नेपाली दुतावासले गराएको जानकारी अनुसार सनाखत भएका चार नेपालीमा नेपालको स्थायी घर पाल्पा भएका एकबहादुर गाहा, सिराह घर भएका गंगाराम चौधरी, ताप्लेजुङ्का बसन्त गुरुङ्ग र दाङ्गका श्याम नारायण चौधरी रहेका छन् ।
मृतक ६ जना मध्ये बाँकी दुई जनाको अझै सनाखत हुन सकेको छैन । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार घाइतेमध्ये धर्मेन्द्रकुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भै रहेको छ । यस्तै अर्का घाइते मनोरथ मण्डल भने सामान्य उपचार पछि घर फर्केका छन् ।

स्थानीय सडकमा बालुवाको ढिस्कोमुनि कामगर्ने क्रममा एक्कासी बालुवाको ढिस्को खस्दा उनीहरुको घटनास्थलमै ज्यान गएको थियो । सो दुर्घटनामा केही भारतीय र चिनियाँ नागरिक पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । प्रहरीले घटनाको विषयमा गहन ढंगले अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा..
२०७४ श्रावण २५ गते बुधबार
काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका...
बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते
२०७६ असार २ गते सोमबार
१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...
फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...
सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबार बिहानबाट आम नागरिकमा...
Top