Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९
काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला छाता संगठनको चुनावको चटारोले भ्याई नभ्याई छ । कलाकाहरु आफू र आफू निकटका उम्मेद्वारको पक्षमो भोट माग कलाकारहरुसँग भेटघाट र अन्य चुनावी कार्यक्रमको दौडधूपमा छन् । नेपाल चलचित्र कलाकार संघको आसन्न चुनावमा यसपटक चलचित्र क्षेत्री एक प्रतिभावान् तथा बहुचर्चित कलाकार सरिता लामिछानेले अध्यक्षमा उम्मेद्वारी दिएकी छिन् । यस अर्थमा पनि यो चुनाव निक्कै रोचक हुने अनुमान गरिएको छ ।

आगामी जेठ २५ गते काठमाडौंमा हुने चलचित्र कलाकारहरुको चुनावमा लामिछानेले अध्यक्षमा उम्मेद्वारी दिएकी छन् । लामिछाने सँगै अर्का कलाकार रविन्द्र खड्काले पनि अध्यक्ष पदमै उम्मेद्वारी दिएका छन् । हाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारीमा रहेकी लामिछाने आफूलाई अध्यक्षमा उम्मेद्वारी दिन कलाकार साथिहरुको माया र सहयोगले प्रेरित गरेको बताउँछिन् । झण्डै २० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय लामिछानेले दर्जनौ चलचित्र तथा टेलिचलचित्रहरुमा काम गरिसकेकी छन् । जसमा उनको ‘गहना’, ‘जानकी’,‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’,‘सीता’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । अर्का अध्यक्षका उम्मेद्वार खड्का भने पछिल्लो समय चलचित्र क्षेत्र भन्दा पनि राजनीतिमा सक्रिय रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम...
एउटा तस्वीरले जगाएको ‘मानवता’…
२०७६ पुष १८ गते शुक्रबार
– बन्दना सापकोटा / बेष्टखबर डटकम झण्डै २ सातादेखि...
अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...
‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को...
Top