Best Khabar Team | २०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ कफी बेच्ने पसलमा एक्कासी आगो लाग्यो । विद्युत् सर्ट भएर आगो लागको भनिएपनि त्यसको केहीबेरपछि सिँगो विमानस्थलमा धुँवाको मुस्लो फैलियो । अन्र्तराष्ट्रिय विमास्थलमा धुँवाको मुस्लो फैलिएपछि विमानस्थलमा पुगेका यात्रु तथा आफन्तहरु अत्तालिन थाले । यतिमात्र होइन उडान र अवतरणका लागि तयारी अवस्थामा रहेका विमान र ती विमानभित्र रहेका चालक, परिचालक र यात्रुहरु समेत डराए । तर बेलैमा आगो नियन्त्रणमा ल्याउन सकिएकै कारण काठमाडौंको त्रिभुवन विमानस्थलमा आज दिउँसो भएको आगोलागीको घटनाले ठूलो रुप लिन पाएन ।
यसैपनि त्रिभुवन विमानस्थल साँघुरो बन्दै गै रहेको छ । विमानै विमानले विमानस्थलको धावनमार्ग आपसापसका पार्किङ्ग वेहरु भरिँदा र आपसापसमा आगो लाग्दा नजिकै रहेका विमानहरु सबैभन्दा बढी जोखिममा हुन्छन् । हजारौं लिटर तेल लोड गरिएका ती विमानहरुमा केही गरी आगो लागिहालेको अवस्थामा त्यसलाई नियन्त्रणमा लिन त परैको कुरा सँगैरहेको अर्का विमानहरुमा आगो सल्कने खतरापनि उत्तिकै हुन्छ ।

यस्तो नहोस्, तर भोलिका दिनमा आज जस्तै आगो लाग्ने र नियन्त्रणमा लिन केही ढिलाई हुने हो भने त्यसबाट निम्तन सक्ने खतराको अनुमान अहिले नै गर्न कठिन छ । जुन आजको घटनाबाट पनि थाहा हुन्छ । बेलैमा सावधानी अपनाइएको कारण आज विमानस्थलमा ठूलो दुर्घटना टरेको छ । विश्वभर विमानस्थल अन्तन्तै सम्वेदनशील क्षेत्र हो । काठमाडौंको त्रिभुवन विमानस्थलभित्र रहेको टर्मिनल क्षेत्रको सो कफिसपमा लागेको आगो बारुणयन्त्र, सुरक्षाकर्मीलगायतको सहयोगमा करिव ३ घण्टामा नियन्त्रणमा आएको थियो ।

जसका कारण करिब ३ घण्टा विमानस्थलको उडान तथा अवतरण समेत प्रभावित भएको थियो । काठमाडौं जस्तो साँघुरो विमानस्थलको बेलैमा अर्को विकल्प नखोज्ने हो भने र यसैगरी नियमित उडानको संख्या बढाउँदै गर्दा त्यसले भोलिका दिनमा भै परि आउने प्राकृतिक विपत्त तथा भवितव्यलाई सहजै नियन्त्रण गर्न सकिने देखिँदैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा...
चीनका नेपालीको उद्दार कहिले ?
२०७६ माघ २२ गते बुधबार
पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...
२५ वर्षपछि विस्तार हुँदै अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल खण्ड
२०७९ फाल्गुन ७ गते आइतबार
१९ फेब्रुअरी, २०२३काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै...
काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने
२०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...
Top