Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुर्लाइ, २०१८
काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो गोलीकाण्डमा मृत्युहुनेको संख्या १२ पुगेको छ । यसअघि ११ जनाको मृत्यु भएको भनिएपनि अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले गोलीकाण्डमा घाइते भएका एकजनाको उपचारको क्रममा अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको बताएका छन् । यो सँगै सो गोलीकाण्डमा ज्यान गुमाउनेहरुको संख्या १२ पुगेको विविसीले जनाएको छ । भर्जिनियाको एक सरकारी कार्यलयमा एकजना आक्रमणकारीले कार्यालय समयमा अन्दाधुन्द गोली चलाएका थिए । भर्जिनिया म्युनिसिपाल सेन्टरमा कार्यरत कर्मचारीमाथि गरिएको सो आक्रमणमा परी ज्यान गुमाउनेहरु सबै सो कार्यालयमा कार्यरत कर्मचारीहरु रहेको बताइएको छ ।

प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका छन् । प्रहरी स्रोतका अनुसार उनी पनि सोही कार्यालयमा कार्यरत कर्मचारी भएको आशंका गरिएको छ । यद्यपि अनुसन्धान जारी रहेको बताइएको छ । पछिल्ला वर्षहरुमा अमेरिकामा गोलीकाण्ड दिनहुँजसो भै रहन्छ । यसरी आम मानिसलाई कत्लेआम गर्ने गरी भएको ठूलो गोली काण्डको यो १ सय ५० औं सृङ्खला भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । गत शुक्रबार भएको सो घटनामा परी एकजना प्रहरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । घटनापछि प्रतिक्रिया दिँदै भर्जिनिया बीचका मेयर बबी डायले भर्जिनिया शहरहै इतिहासमा भएको यो अहिलेसम्मकै विभत्स हत्यकाण्ड भएको बताएका छन् ।
घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउनुका साथै त्यहाँ कार्यरत अन्य कर्मचारीहरुलाई पुरानै काममा फर्कनका लागि मनोपरामर्शहरु दिइएको छ । अमेरिकामा हतियारको कारोबार खुलमखुला रहेकोले दिनहुँजसो विभिन्नखाले हत्या तथा गोलीकाण्डका समाचारहरु सार्वजनिक भै रहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !
२०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...
फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त
२०७७ माघ २२ गते बिहिबार
०४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः...
Top