न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार


०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई जर्वजस्ती अपहरण गरी हत्या गरेको घटनामा न्यायमाग्दै गोर्खा फुजेलकी गंगामाया अधिकारी आज नेपालस्थित सयुक्त राष्ट्रसंघका ढोका ढक्ढक्याउन पुगेकी छन् ।

आफ्नो छोराको हत्यामा संलग्नमाथि किटानी जाहेरी दिँदासमेत वर्षौदेखि कारबाही नभएको भन्दै गंगामायाँले राष्ट्रसंघको ध्यानाकर्षण गराएकी हुन् । त्यसक्रममा उनले नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीसँग भेटवार्ता समेत गरेकी छन् । उनले न्यायको याचना गर्दागर्दै वर्षौं त्यत्तिकै खेर गएको भन्दै न्याय माग्ने क्रममै श्रीमान नन्दप्रसाद अधिकारीको समेत अनसनमै ज्यान गएको बारेमा भ्यालरीलाई जानकारी गराएकी छन् ।

छोराको हत्यामा संलग्नलाई किटानी जाहेरी दिँदासमेत घटनामा संलग्न दोषीलाई कारबाहीको दाहेरामा नल्याएको भन्दै गंगामायाले संयुक्त राष्ट्रसंघीय कार्यालयसमक्ष न्यायको लागि अपिल समेत गरेकी छन् । उनले आफ्नो मागलाई राज्यले वेवास्ता गरेको भन्दै राष्ट्रसंघीय कार्यालयमार्फत् यसलाई अन्र्तराष्ट्रिय करण गरिदिन अनुरोध समेत गरेकी छन् । घटनाका दोषीहरुले राजनीतिक संरक्षण पाइरहेकोतर्फ पनि उनले राष्ट्रसंघको ध्यानाकर्षण गराएकी छन् ।

जवाफमा राष्ट्रसंघकी प्रतिनिधि भ्यालरीले मानवअधिकार हननको घटनामा संलग्नलाई नेपाल सरकारले उन्मुक्ति दिन नमिल्ने बताइन् । त्यस अवसरमा गंगामायाले राष्ट्रसंघको कार्यालयमार्फत् राष्ट्रसंघीय उच्चआयोगलाई न्यायको लागि भन्दै अपिल समेत पेश गरेकी छन् । त्यस क्रममा केही अधिकारकर्मी तथा द्वन्द्व पीडितहरुसमेत सहभागी भएका थिए।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा...

देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...

सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी  पत्रकार सम्मेलनबाटै समातिए सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी...

Top