Best Khabar Team | २०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२०
धरान । प्रहरी संगठनमै कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको आरोप खेपिरहेका एसएसपी शौरभ राणाले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । प्रदेश नम्बर १ मा पर्ने संघीय प्रहरी एकाई कार्यालय धरानमा कार्यरत राणाले आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मर्पण गरेका हुन् । उनले एक महिला प्रहरी कर्मचारीमाथि बलात्कार गरेको भन्दै घटनासँग संलग्न केही अडियो सामग्रीसमेत सार्वजनिक भएपछि प्रहरीले राणालाई पक्राउ गर्ने तयारी गरेको थियो ।
उनी विरुद्ध ३ दिनअघि जर्वजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको थियो । प्रहरीले पक्राउ गर्ने तयारी गरेकै बेला राणा आज दिउँसो जिप्रका सुनसुरीमा पुगेर आत्मसमर्पण गरेका हुन् । यसअघि पीडित महिला प्रहरीले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई सेवाबाट निलम्बन गरी अनुसन्धान अघि बढाएको थियो ।
उनले एसपी हुँदादेखि नै एक महिलाको पटक–पटक यौन शोषण गरेको भनी गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि घटना बाहिर आएको थियो । स्मरणीय के छ भने राणा संघीय प्रहरी इकाई धरानमा प्रमुखका रुपमा कार्यरत थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले
२०७६ पुष १२ गते शनिबार
२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...
केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...
१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र...
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...
Top