Best Khabar Team | २०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२०
धरान । प्रहरी संगठनमै कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको आरोप खेपिरहेका एसएसपी शौरभ राणाले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । प्रदेश नम्बर १ मा पर्ने संघीय प्रहरी एकाई कार्यालय धरानमा कार्यरत राणाले आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मर्पण गरेका हुन् । उनले एक महिला प्रहरी कर्मचारीमाथि बलात्कार गरेको भन्दै घटनासँग संलग्न केही अडियो सामग्रीसमेत सार्वजनिक भएपछि प्रहरीले राणालाई पक्राउ गर्ने तयारी गरेको थियो ।
उनी विरुद्ध ३ दिनअघि जर्वजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको थियो । प्रहरीले पक्राउ गर्ने तयारी गरेकै बेला राणा आज दिउँसो जिप्रका सुनसुरीमा पुगेर आत्मसमर्पण गरेका हुन् । यसअघि पीडित महिला प्रहरीले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई सेवाबाट निलम्बन गरी अनुसन्धान अघि बढाएको थियो ।
उनले एसपी हुँदादेखि नै एक महिलाको पटक–पटक यौन शोषण गरेको भनी गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि घटना बाहिर आएको थियो । स्मरणीय के छ भने राणा संघीय प्रहरी इकाई धरानमा प्रमुखका रुपमा कार्यरत थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...
सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना
२०७६ मंशिर २५ गते बुधबार
११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...
राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...
४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गिँदै बेलायत
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२०लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम...
Top