Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०
हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर जिल्लाको दामनमास्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । काठमाडौंको ह्याम्स् अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
झ्याल नभएको कोठामा राति हिटर बालेर सुतेका उनीहरु बिहान बेहोस अवस्थामा भेटिएका थिए । ग्याँस हिटर बालेर सुतेका उनीहरु बिहान अचेत अवस्थामा भेटिलगत्तै हेलिकोप्टरमा राखेर उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । त्यसरी ल्याइएकामध्ये ५ जनाको उपचारकै क्रममा उनीहरुको मृत्यु भएको अस्पतालको भनाई छ । अरु तीन जनाको उद्दार गरेर काठमाडौं ल्याउने क्रममा ज्यान जएको हो ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ्गमा रहेको एभरेस्ट पानेरमा रिसोर्टमा उनीहरु बसेका थिए । मृतकमा चार बालबालिका, दुई महिला र दुई पुरुष रहेका छन् । उनीहरुको नाम खुल्न सकेको छैन । घटनाको विषयमा रिसोर्टसका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । नेपाल घुम्नका लागि आएका करिब १५ जना भारतीय पर्यटक दामनको सो रिसोर्टमा पुगेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको छ । चिसो मौसममा हिटर बालेर बसेका उनीहरु कोठामा अक्सिजन नपाएकै कारण मृत्युको मुखमा पुगेको प्रहरीको अनुमान छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट...
४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...
एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा...
सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला...
Top