Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०
हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर जिल्लाको दामनमास्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । काठमाडौंको ह्याम्स् अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
झ्याल नभएको कोठामा राति हिटर बालेर सुतेका उनीहरु बिहान बेहोस अवस्थामा भेटिएका थिए । ग्याँस हिटर बालेर सुतेका उनीहरु बिहान अचेत अवस्थामा भेटिलगत्तै हेलिकोप्टरमा राखेर उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । त्यसरी ल्याइएकामध्ये ५ जनाको उपचारकै क्रममा उनीहरुको मृत्यु भएको अस्पतालको भनाई छ । अरु तीन जनाको उद्दार गरेर काठमाडौं ल्याउने क्रममा ज्यान जएको हो ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ्गमा रहेको एभरेस्ट पानेरमा रिसोर्टमा उनीहरु बसेका थिए । मृतकमा चार बालबालिका, दुई महिला र दुई पुरुष रहेका छन् । उनीहरुको नाम खुल्न सकेको छैन । घटनाको विषयमा रिसोर्टसका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । नेपाल घुम्नका लागि आएका करिब १५ जना भारतीय पर्यटक दामनको सो रिसोर्टमा पुगेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको छ । चिसो मौसममा हिटर बालेर बसेका उनीहरु कोठामा अक्सिजन नपाएकै कारण मृत्युको मुखमा पुगेको प्रहरीको अनुमान छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोनाको डरलाग्दो ग्राफ : एकैदिन ५ सय संक्रमित थपिए
२०७७ चैत्र ३० गते सोमबार
१२ अप्रिल, २०२१काठमाडौं । कोरोना भाइरसको दोश्रो लहर शुरुभएपछिको...
सुरक्षित रहौं, घरभित्रै बसौं र सकारात्मक सोचौं : विभिन्न माध्यमबाट झुठ्ठा अफबाह फैलाउने व्यक्ति वा समूहको बारेमा प्रहरीमा खबर गरौं
२०७६ चैत्र ८ गते शनिबार
कोरोना बारे सचेतना जगाऔं पि.एल. तरंग / बेस्टखबर डटकम...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए
२०७७ माघ ३ गते शनिबार
१६ जनवरी, २०२१जाकर्ता, इन्डोनेसिया ।इन्डानेसियामा आज बिहान गएको भूकम्पमा...
अनुभूति–निबन्ध लेखनले जुटाइदिएको अवसर
२०७६ मंशिर २३ गते सोमबार
म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ ।...
Top