Best Khabar Team | २०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० धादिङ्ग । पृथ्वीराजमार्गमा पर्ने धादिङ्गको बेनिघाटमा एकै परिवारका ४ जना त्रिशुली नदीमा हेलिएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ्गका अनुसार काठमाडौं चन्दागिरी नगरपालिकाका थानकोट बस्ने बिनय लामिछाने श्रीमती र २ नाबालक छोरासहित आज साँझ त्रिशुली नदीमा हाम फालेका हुन् ।
स्थानीय बेनिघाट रोराङ्ग गाउँपालिकाको बाँदरेस्थित झलुंगे पुलबाट साँझ अन्दाजी ७ बजेतिर हामफालेका लामिछानेलाई प्रहरीले जिवितै उद्दार गरेको भएपनि श्रीमतीको भने मृत्यु भएको छ । सो घटनामा लामिछानेका दुई बच्चा वेपत्ता भएका छन् । साँझ अबेरसम्म उनीहरुको खोजी कार्य जारी राखिएपनि यो समाचार तयार पार्दा सम्म उनीहरुलाई फेला पार्न सकिएको छैन ।

काठमाडौंबाट माघेसंक्रान्ति बनाउन धादिङ्गको आदमघाटस्थित ससुराली आएका बेला श्रीमती जमुनासहित लामिछानेले त्रिशुलीमा हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । घटनामा उनका २ वर्ष र ६ महिनाका २ छोरा वेपत्ता भएको जिप्रका धादिङ्गको भनाई छ । चर्को ऋण लिएका लामिछाने परिवारले त्यसैको व्याज तिर्न नसकेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
महजोडी बने यो वर्षको ‘महामुर्ख’
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ...
कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको...
Top