धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु, २ छोरा वेपत्ता

Best Khabar Team | २०७६ माघ २ गते बिहिबार


१६ जनवरी, २०२० धादिङ्ग । पृथ्वीराजमार्गमा पर्ने धादिङ्गको बेनिघाटमा एकै परिवारका ४ जना त्रिशुली नदीमा हेलिएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ्गका अनुसार काठमाडौं चन्दागिरी नगरपालिकाका थानकोट बस्ने बिनय लामिछाने श्रीमती र २ नाबालक छोरासहित आज साँझ त्रिशुली नदीमा हाम फालेका हुन् ।

स्थानीय बेनिघाट रोराङ्ग गाउँपालिकाको बाँदरेस्थित झलुंगे पुलबाट साँझ अन्दाजी ७ बजेतिर हामफालेका लामिछानेलाई प्रहरीले जिवितै उद्दार गरेको भएपनि श्रीमतीको भने मृत्यु भएको छ । सो घटनामा लामिछानेका दुई बच्चा वेपत्ता भएका छन् । साँझ अबेरसम्म उनीहरुको खोजी कार्य जारी राखिएपनि यो समाचार तयार पार्दा सम्म उनीहरुलाई फेला पार्न सकिएको छैन ।

काठमाडौंबाट माघेसंक्रान्ति बनाउन धादिङ्गको आदमघाटस्थित ससुराली आएका बेला श्रीमती जमुनासहित लामिछानेले त्रिशुलीमा हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । घटनामा उनका २ वर्ष र ६ महिनाका २ छोरा वेपत्ता भएको जिप्रका धादिङ्गको भनाई छ । चर्को ऋण लिएका लामिछाने परिवारले त्यसैको व्याज तिर्न नसकेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि...

‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...

काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

Top