Best Khabar Team | २०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२०
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको कविलास रिसोर्टले विशेष प्याकेज ल्याएको छ । काठमाडौँमा आज पत्रकार सम्मेलन गरी रिसोर्टका अध्यक्ष बाबुराम उपाध्यायले रिसोर्टले २० प्रतिशत छुटसहित विभिन्न प्याकेज ल्याएको बताए ।
उनले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको पनि भूमिका रहेकाले छुटसहितको प्याकेज घोषणा गरिएको जानकारी दिए । रिसोर्टमा गुणस्तरीय खाना र बस्ने व्यवस्थादेखि मनोरञ्जनका लागि फनपार्क, वाटर पार्क र स्वीमिङ पुल, वनभोजस्थल, धार्मिक कार्यक्रमका लागि सिद्धेश्वर महादेवको मन्दिरसमेत रहेको छ । उनका अनुसार भ्रमण वर्षमा रिसोर्टमा आई रात बिताउने पाहुनालाई बिहानको खाजा र पैडी खेल्न निःशुल्क गरिएको छ ।
रिसोर्टले नै सौराहा, जनकपुर, लुम्बिनी, देवघाट, शास्वतधाम, गणेशस्थान, बीसहजारी तालसमेत घुमाउने छ । रिर्सोटमा पारिवारिक रुपमा बस्न मिल्ने, आफूले पकाएर खान मिल्ने सात पारिवारिक भिल्ला, एकै पटकमा ४० देखि ५० समूहलाई पुग्ने वनभोज, जैविक फार्म हाउसः खेतीपाती, कुखुरापालन, बाख्रापालन, हाँसपालनसमेत रहेका छन् ।
भ्रमण वर्षका अवसरमा होटल एशोसिएशन नेपाल, नेपाल पर्यटन व्यवसासीले समेत छुट दिँदै आइरहेका छन् । करीब रु ६० करोड लगानीमा रहेको रिसोर्ट २५ बिघा क्षेत्रफलमा रहेको राष्ट्रिय समाचार समितिको समाचारमा उल्लेख छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...
पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान बस्तीमा खस्यो, ११ को मृत्यु भएको पुष्टि, धेरैको अवस्था चिन्ताजनक
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान...
कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...
मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...
Top