सिंहदरबारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन

Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार


१४ जनवरी, २०२०
काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद भवनको रुपमा रहेको काठमाडौंको सिंहदबारस्थित संसद भवन अब भत्काइने भएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको पुरातात्विक महत्व बोकेको सो संसद भवन भत्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएसँगै अब सो भवन राज्यले सञ्चालन गर्ने गेष्टहाउस ‘स्टेस गेष्टहाउस’मा परिणत हुने भएको हो । मुलुकको प्रमुख प्रशासनीय निकाय सिंहदाबरको मध्यभागमा रहेको सो भवन भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो ।

तत्कालका लागि प्रवलीकरण गरेर सो भवन चलाउने चर्चा चलेपनि संसदीय समितिले तत्काल सो भवन भत्काएर त्यहाँ ‘स्टेट गेष्टहाउस’ सञ्चालन गर्न सरकारलाई निर्देशन दिएसँगै सो भवन अब भत्किने भएको हो । यद्यपि सरकारले भने सो भवन भत्काएर त्यहाँ गेष्ट हाउस चलाउने वा अन्य भवन बनाउने भन्ने विषयमा कुनै निर्णय गरिसकेको छैन । संसदको विकास तथा प्रविधि समितिको आजको बैठकले पुरानै स्वरुप देखिने गरी सो भवन भत्काएर त्यहाँ नयाँ भवन बनाउन भनेको हो । समितिकी सभापति कल्याणी खड्काले बैठकमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमार्फत सरकारलाई तत्काल सो भवन भत्काउन निर्देशन दिएकी हुन् । हाल नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा संसद बैठक बस्ने गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...

२ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख २ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख

२०७६ माघ ४ गते शनिबार

१८ जनवरी, २०२० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक...

दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...

चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर) चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

२०७७ जेठ २८ गते बुधबार

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...

Top