पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….

Best Khabar Team | २०७६ पुष १९ गते शनिबार


बृद्दाश्रम खोज्दै हिँडेकी आमा गौशाला प्रहरी प्रभागमा ।

काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम चिसो थियो भने आकाशमा मडारिएका बादलले जुनसुकै बेला पानी पर्ने संकेत गरिरहेको थियो । साँच्चै बिहानदेखि मडारिएको आकाशको बादलले दिउँसो शहरमा बर्षा गरायो । यहीबीचमा एकजना सञ्चारकर्मी काठमाडौंको व्यस्त भिड छिचोल्दै गोंगबुबाट सार्वजनिक यातयात चढ्दै तीनकुनेस्थित कार्यालय जाँदै थिए ।

अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत पत्रकार यम विरहीको आँखा त्यहि सार्वजनिक गाडी भित्रको एउटा दृश्यमा पुगेर टक्क रोकियो । दृश्य अलिक फरक थियो । ‘काठमाडौंका सुकिला मुकिला’हरुको भीडमा एकजना बृद्दा आमा झरीले निथ्थ्रुक्क भिजेर लगलग काँप्दै सार्वजनिक बस चढेर पशुपतिको बृद्दाश्रमतर्फ लम्कँदै हुनुहुन्थ्यो । उहाँको आँखाबाट धरधरी आँसु बगिरहेको थियो । आमाको खुट्टामा चप्पलसमेत थिएन ।

चिसोले मुख र ओठ पनि काँपीरहेको थियो । तत्कालै विरहीले ती आमालाई सोध्नुभयो–“आमा किन रुनुभएको ?” रुँदा रुँदा भासिएको आवाज निकाल्ने कोशिष गर्दै आमाले भनिन् –“छोरा बुहारीले हेला गरेर घर निकाले गरे अनि पशुपतिको बृद्दाश्रम खोज्दै हिँडेको बाबु ।’’ विरही र आमाको सम्वाद अझै अघि बढ्यो–“शुरुमा बुहारीले हातपात गरिन्, घरबाट निकालिदिइन् । अनि त्यहाँबाट स्वयंभूमा रहेको छोरीकोमा बस्दै आएको थिएँ । त्यहाँबाटपनि छोरीले गाली गर्दै निकालिदिइन् । पशुपतिमा बृद्दाश्रम छ भन्ने सुनेको थिएँ, त्यही खोज्दै आएको बाबु ।”

आमाको यो कुरा सुनेपछि विराही मात्रै होइन वल्लोपल्लो सिटमा बसेका अरुको पनि मन भक्कानियो । आफ्नो स्थायी घर नुवाकोटको ककनी बताउने ती आमासँग गाडी चढेबापत तिर्ने २० रुपैयाँ भाडा पनि नरहेको थाहापाएपछि पत्रकार विरहीकै अगुवाईमा गाडीमा रहेका यात्रुबाट करिब ९ सय रुपैयाँ संकलन गरियो । त्यसो त पत्रकारको कलम भन्दा बलियो अरु केही छैन, तर यहाँ कलम भन्दा पहिला मानवताको कुरा रह्यो ।

त्यही भएर पत्रकार विरहीले पहिला मानवता देखाउनुभयो । एक महिलाको सहयोगमा ती आमालाई गाडीबाट निकालेर गौशालास्थित प्रहरी प्रभावमा पु¥याइएको थियो । तर पशुपति बृद्दाश्रम लैजानका लागी वडाको सिफारिस र केही थप रकम समेत बृद्दाश्रममा बुझाउनुपर्ने थाहा पाएपछि प्रहरी कार्यालयले ती आमालाई ‘आमा’ नामक संस्थाको जिम्मा लगाउने बताएको थियो ।” ती आमालाई प्रहरीको जिम्मा लगाएर कार्यालय जाँदै गर्दा विरहीको मनमा धेरै कुरा खेल्यो– “कस्तो छोरा छोरी र बुहारी होलान् ? जननीप्रतिको दायित्वबोधबाट च्यूत छोराछोरीका लागि आमा भन्दा अरु के त्यस्तो चिज महत्वपूर्ण होला र उनलाई घरबाट निकालेका होलान् ? धिक्कार छ ती ति छोरा बुहारी र छोरीलाई जसले आमालाई घरबाट निकाले । ”

(मानवीय धर्म निर्वाह गर्नबाट हाम्रो समाज च्यूत हुँदै गएको बेला सञ्चारकर्मी विरहीले देखाउनुभएको मानवताको यो उदाहरणलाई हामीले उहाँकै फेसबुकबाट तस्वीरसहित साभार गरेका हौं ।)



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने...

सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको...

इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे

२०८० आश्विन २५ गते बिहिबार

१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...

९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान ९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...

Top