५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


०३ जनवरी, २०२०
काठमाडौं । चिनी मिललाई दिइएको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै विगत २ सातादेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आइरहेका उखु किसानको आन्दोलन ५ बुँदे सहमतिसँगै टुंगिएको छ । सरकार र आन्दोलनरत उखुकिसानबीच आज आपूर्ति मन्त्रालयमा भएको पाँच बुँदेसहमतिसँगै किसानहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सहमतिअनुसार आगामी माघ ७ गतेभित्र चिनी मिल सञ्चालकहरुले किसानलाई दिनुपर्ने सबै बक्यौता रकम फिर्ता गर्नेछन् ।

त्यसका लागि मन्त्रालयले सहजिकरणको भूमिका निर्वाह गर्ने वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र मदुरबीचको सहमतिमा उल्लेख छ । साथै किसानहरुलाई बेलैमा मल उपलब्ध गराउने तथा किसानहरुका सबै समस्याको उचित सम्बोधन गर्ने विषयमा समेत सहमति बनेको छ ।

उखु किसानहरुको गुनासो सुन्नका लागि हटलाईन सेवा सञ्चालनमा ल्याउने, उनीहरुको क्षमता तथा कृषि क्षेत्रको स्तरोन्नत्तीका लागि सरकारले विशेष ध्यान दिने सहमति पनि भएको छ । सहमति अनुसार अबको १८ दिनभित्र उखुको बाँकी बक्यौता रकम किसानहरुले पाइसक्नुपर्नेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

२०८० फाल्गुन १ गते मंगलबार

१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...

कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार ! कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...

क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा...

शैक्षिक संस्था तत्काल नखुल्ने शैक्षिक संस्था तत्काल नखुल्ने

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै...

Top