Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२०
काठमाडौं । चिनी मिललाई दिइएको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै विगत २ सातादेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आइरहेका उखु किसानको आन्दोलन ५ बुँदे सहमतिसँगै टुंगिएको छ । सरकार र आन्दोलनरत उखुकिसानबीच आज आपूर्ति मन्त्रालयमा भएको पाँच बुँदेसहमतिसँगै किसानहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सहमतिअनुसार आगामी माघ ७ गतेभित्र चिनी मिल सञ्चालकहरुले किसानलाई दिनुपर्ने सबै बक्यौता रकम फिर्ता गर्नेछन् ।

त्यसका लागि मन्त्रालयले सहजिकरणको भूमिका निर्वाह गर्ने वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र मदुरबीचको सहमतिमा उल्लेख छ । साथै किसानहरुलाई बेलैमा मल उपलब्ध गराउने तथा किसानहरुका सबै समस्याको उचित सम्बोधन गर्ने विषयमा समेत सहमति बनेको छ ।

उखु किसानहरुको गुनासो सुन्नका लागि हटलाईन सेवा सञ्चालनमा ल्याउने, उनीहरुको क्षमता तथा कृषि क्षेत्रको स्तरोन्नत्तीका लागि सरकारले विशेष ध्यान दिने सहमति पनि भएको छ । सहमति अनुसार अबको १८ दिनभित्र उखुको बाँकी बक्यौता रकम किसानहरुले पाइसक्नुपर्नेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै
२०७९ फाल्गुन ९ गते मंगलबार
२१ फेब्रुअरी, २०२३नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही...
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, ५३४ मा संक्रमण
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका...
चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त...
झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको...
Top