उखु किसानको आँसु मिसिएको गुलियो चिनी बेच्दै सरकार

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


३ जनवरी, २०२०
काठमाडौंमा उखु किसानले आन्दोलन गरेको करिब २ हप्ता पुग्न लागिसक्यो । पसिना बगाएर उत्पादन गरेको उखु उधारोमा चिनीमिललाई दिँदै आएका किसानहरुले महिनौैसम्म उखुको मुल्य भुक्तानी पाउने आशामा ‘साहु’को बाटो हेरे । तर दिन, हप्ता, महिनाहुँदै वर्षौलागिसक्दासमेत चिनीमिललाई दिएको उखुको रकम नपाएपछि उनीहरु ‘सरकारको शहरमा’ न्यायका लागि आइपुगेका हुन् । यसबीचमा उनीहरुले ‘बाउन्न ठक्कर, त्रिपन्न घुस्सा’ खाँदै काठमाडौंको चुलिँदो चिसोसँग पौठाजोरी खेल्दै ‘न्याय’ को भिख मागिरहे ।

आफ्ना अमूल्य मतबाट विजयी बनेर आएका ‘नेता’हरु चिल्ला गाडीमा हुँईँकिइरहँदा उनीहरु त्यहि बाटो छेउवैमा रहेको माइतीघर मण्डलाको चिसो चौरमा न्यायको भीख मागिरहेका थिए । यसबीचमा उनीहरुले पाएको हण्डरका फोटोहरु सञ्चारमाध्यमहरुमा समेत सार्वजनिक भयो । चिसो भुईँमा सुत्नुपरेको पिडादेखि एकसरो लुगामा काठमाडौं आएका उखुकिसानहरुले ठण्डीसँग पौठाजोरी खेलिरहेका तस्वीरहरु हिटरले रनक्क तातेको कोठामा बसेर हेर्ने समूहको पनि उत्तिकै छ यो शहरमा ।

तर तर ती उखु किसानको आन्दोलनमा हुनेखानेले भन्दा हुँदा खाने समूहको एक्यबद्दता बढी छ । अब भनौ तिनै उखुकिसानको पसिना र आँसु मिसिएको गुलियो चिनी खाएकाहरुलाई त्यो आन्दोलनले छोएन । त्यसैले त उनीहरु २ हप्तासम्म पनि न्यायकै लागि लडाई गर्दैछन् । त्यसो सरकारले बक्यौदा रकम तत्काल बुझाउन चिनीमिल सञ्चालकहरुलाई निर्देशन दिएपनि अहिलेसम्म थोरैमात्र चिनी मिल सञ्चालकले रकम दिने प्रतिद्धता जनाएका छन् । तर प्रतिबद्धता प्रतिबद्धतामै सिमित हुनेमा आशंका पनि उत्तिकै छ । किन भने ती चिनीमिल सञ्चालकहरु कुनै न कुनै राजनीतिक पार्टीसँग आवद्ध छन् ।

दुःख जिलो गरेर किसानी गर्ने किसनको पसिना र आँसुमा रमाउने छुट कसैलाई छैन । उखु किसानको आन्दोलन कहिले टुंगिन्छ र उनीहरुले कतिदिन अझै काठमाडौंको चिसोमा न्यायको भिख मागिरहनुपर्ने हो त्यो राज्यको कार्यशैलीमा भर पर्दछ । राज्यले चाह्यो भने उखुकिसानको बक्यौदा रकम २४ घण्टाभित्र असुल उपर गर्नसक्छ । राज्यले उखु किसानको रकम नतिर्ने चिनीमिल सञ्चालकलाई कारबाही गर्न ढिलाई गर्नु हुँदैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित) सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुफाल गाउँपालिकाको वडा...

महान पर्व बडादशैं शुरु, आज घटस्थापना महान पर्व बडादशैं शुरु, आज घटस्थापना

२०८० आश्विन २८ गते आइतबार

१५ अक्टोबर, २०२३काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा...

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ :  पूर्व सचिवपत्नीको हत्या  कामदारबाटै प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...

सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन

२०७७ बैशाख १४ गते आइतबार

२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...

Top