उखु किसानको आँसु मिसिएको गुलियो चिनी बेच्दै सरकार

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


३ जनवरी, २०२०
काठमाडौंमा उखु किसानले आन्दोलन गरेको करिब २ हप्ता पुग्न लागिसक्यो । पसिना बगाएर उत्पादन गरेको उखु उधारोमा चिनीमिललाई दिँदै आएका किसानहरुले महिनौैसम्म उखुको मुल्य भुक्तानी पाउने आशामा ‘साहु’को बाटो हेरे । तर दिन, हप्ता, महिनाहुँदै वर्षौलागिसक्दासमेत चिनीमिललाई दिएको उखुको रकम नपाएपछि उनीहरु ‘सरकारको शहरमा’ न्यायका लागि आइपुगेका हुन् । यसबीचमा उनीहरुले ‘बाउन्न ठक्कर, त्रिपन्न घुस्सा’ खाँदै काठमाडौंको चुलिँदो चिसोसँग पौठाजोरी खेल्दै ‘न्याय’ को भिख मागिरहे ।

आफ्ना अमूल्य मतबाट विजयी बनेर आएका ‘नेता’हरु चिल्ला गाडीमा हुँईँकिइरहँदा उनीहरु त्यहि बाटो छेउवैमा रहेको माइतीघर मण्डलाको चिसो चौरमा न्यायको भीख मागिरहेका थिए । यसबीचमा उनीहरुले पाएको हण्डरका फोटोहरु सञ्चारमाध्यमहरुमा समेत सार्वजनिक भयो । चिसो भुईँमा सुत्नुपरेको पिडादेखि एकसरो लुगामा काठमाडौं आएका उखुकिसानहरुले ठण्डीसँग पौठाजोरी खेलिरहेका तस्वीरहरु हिटरले रनक्क तातेको कोठामा बसेर हेर्ने समूहको पनि उत्तिकै छ यो शहरमा ।

तर तर ती उखु किसानको आन्दोलनमा हुनेखानेले भन्दा हुँदा खाने समूहको एक्यबद्दता बढी छ । अब भनौ तिनै उखुकिसानको पसिना र आँसु मिसिएको गुलियो चिनी खाएकाहरुलाई त्यो आन्दोलनले छोएन । त्यसैले त उनीहरु २ हप्तासम्म पनि न्यायकै लागि लडाई गर्दैछन् । त्यसो सरकारले बक्यौदा रकम तत्काल बुझाउन चिनीमिल सञ्चालकहरुलाई निर्देशन दिएपनि अहिलेसम्म थोरैमात्र चिनी मिल सञ्चालकले रकम दिने प्रतिद्धता जनाएका छन् । तर प्रतिबद्धता प्रतिबद्धतामै सिमित हुनेमा आशंका पनि उत्तिकै छ । किन भने ती चिनीमिल सञ्चालकहरु कुनै न कुनै राजनीतिक पार्टीसँग आवद्ध छन् ।

दुःख जिलो गरेर किसानी गर्ने किसनको पसिना र आँसुमा रमाउने छुट कसैलाई छैन । उखु किसानको आन्दोलन कहिले टुंगिन्छ र उनीहरुले कतिदिन अझै काठमाडौंको चिसोमा न्यायको भिख मागिरहनुपर्ने हो त्यो राज्यको कार्यशैलीमा भर पर्दछ । राज्यले चाह्यो भने उखुकिसानको बक्यौदा रकम २४ घण्टाभित्र असुल उपर गर्नसक्छ । राज्यले उखु किसानको रकम नतिर्ने चिनीमिल सञ्चालकलाई कारबाही गर्न ढिलाई गर्नु हुँदैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ...

नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै

२०७६ पुष ५ गते शनिबार

२१ डिसेम्बर, २०१९ काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा...

एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा...

इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’ इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’

२०७७ असार ९ गते मंगलबार

२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...

Top